Comments Add Comment

Advertisment

SKIP THIS

साउने सक्रान्तीको शुभकामना

खिमराज गिरी । आज बोलिचालीको भाषामा साउने सक्रान्ती , अर्थात आषाढ महिनामा खेतवारीमा हिलोमा खेली रोपाई गर्दाको थकित शरीरलाई विश्राम दिई हाम्रो संस्कृति र परम्पराअनुसार मीठो मीठो परिकार खाई लुतो फाल्ने दिन !                                                                                                                  धार्मिक मान्यताअनुसार शरीरको रोग निको पार्ने दिन भनिएतापनि यसको बैज्ञानिक मान्यता पनि छ । अर्थात मनमा भएको बिकार र अंहकार सबै नाश होस भनेर गरिने विस्वास पनि हो यो साउने सक्रान्ती पर्व ! यसै सन्दर्भमा देशको राजनीतिमा पनि उतार चढाब नआवस ।  आर्थिक, सामाजिक , सांस्कृतिक क्रान्तितिर जान सबै राजनीतिक दल, बुद्दिजीवीहरुलगाएत सम्पूर्ण जनताको ध्यान केन्दृत होस ।                                                                                                                                           विशेष गरी जनता र देशको ध्यान नै सरकार र सत्तारुढ दलतिर बढी केन्दृत हुने हुनाले नेपालका राजनीतिक दलहरुको केही दिन यताको एकअर्को  दलप्रतिको अविस्वास र राष्टृय  हितका विषयमा  विवाद  निस्केकोले देशको समग्र राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको असरलाई सम्बन्धित पार्टीका नेताहरुले सुझ बुझकासाथ लिने प्रण गरून् । खास त,  समग्रमा सबै बिज्ञहरुको सुझावलाई  मनन गरेर अझै पनि बिदेशी शक्तिलाई रिझाउने नाममा नागरिकता बिधेयकप्रति सवैको ध्यान विशेषरुपमा जावस ।                                                                                                                                                   बाह्र हात हिडेर बित्तामा नअल्झीदा राम्रो ,हुन्छ । कुर्चीको लागि नेता बन्नु भन्दा पनि जनताको संरक्षक बनौं । कार्यकर्ता पनि कुनै गुटको नबनी पार्टी विशेषको बनियो भने मात्र जनताको मन मनमा विस्वास जित्न सकिन्छ ! अन्यथा कोरोना, बाढी पहिरो, भारतीय रबैया आदिले देश र जनता पिल्सिरहेको अबस्थामा धैर्यताको बाधलाई नटुटाई अगाडि बढ्ने प्रण गरौं । हुन त,  हाम्रा धार्मिक ग्रन्थमा लेखिएका र भोगिएका कुराहरुलाई अध्ययन मनन गर्ने हो भने ,
” अभागी ब्यक्तिले गरेको जुनसुकै कामको पनि दैबले उल्टो परिणाम दिन्छ तापनि मानिस सदैब उधमशील भै निशंक भावले आफ्नो कर्तब्य कर्ममा डटी रहोस , गरेका कामको सफलता र बिफलता भने प्रकृतिकै तजवीजमा छ ।” अर्जुनले महाभारतको युद्दमा जयद्रथको बध गर्दा पीरमा डुबेका दुर्योधनलाई दानवीर कर्णले सम्झाउदै भनेको यो कथनले पनि हाम्रोजस्तो अबिकसित समाजको राजनीतिक नेतृत्वलाई सुझ बुझ, समझदारी र नैतिकताको धरातलमा उभिन सक्ने प्रेरणादायी मूल मन्त्र बनोस ।
अन्तमा फेरि पनि यहाँहरु सबैलाई साउने सक्रान्ती पर्वको शुभकामना !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै