प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरको आतिथ्यमा प्रहरी स्कुलको ४०औं स्थापना दिवस -
Comments Add Comment

प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरको आतिथ्यमा प्रहरी स्कुलको ४०औं स्थापना दिवस

काभ्रे: नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती श्रीमती लक्ष्मी कुँवरको प्रमुखआतिथ्यमा शनिबार  आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४०औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।

उक्त अवसरमा सङ्घकी अध्यक्ष श्रीमती कुँवरले विद्यालयको वार्षिक म्यागजिन ‘दिपीका’ ३३औं अङकको लोकार्पण गर्नुकासाथै विद्यालयका पूर्व प्राचार्यहरू तथा पूर्व समादेशकहरूलाई सम्मान समेत गर्नुभयो ।

उहाँले विद्यालयका उत्कृष्ट खेलाडीहरु, उत्कृष्ट विद्यार्थीहरु, विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरु, स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षक तथा प्रशिक्षकहरु तथा प्रहरी कर्मचारीहरुलाई नगद, शील्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै विद्यार्थीहरुले निर्माण गरी प्रदर्शनीमा राखेका विभिन्न विज्ञान तथा कला प्रदर्शनीको अवलोकन गर्नुभयो ।

कार्यक्रममा सङ्घकी अध्यक्ष कुँवरले पुलिस स्कुलले नियमित पठनपाठन साथै अतिरिक्त क्रियाकलाप र खेलकुद मार्फत चरित्रवान नागरिक निर्माणमा योगदान पुर्‍याएको चर्चा गर्दै यस्ता कार्यक्रमबाट विद्यार्थीहरुलाई बहुआयामिक एवं असल नागरिक बन्न प्रेरणा मिल्ने बताउनुभयो ।

शिक्षा बालबालिकाको अधिकार भएकोले अभिभावकहरु आफ्ना सन्ततीहरुलाई राम्रो शिक्षा दिनेबारे चिन्तित हुनुपर्ने उल्लेख गर्दै शिक्षाको साथै अनुशासन, सीप र संस्कार पनि बालबालिकालाई सिकाउनुपर्ने उहाँले चर्चा गर्नुभयो ।

नेपाल पुलिस स्कुलका प्रिन्सिपल मोहन पौडेलले स्वागत मन्तव्य राखेका थिए भने डिएसपी निरन्जन दत्त भट्टले कार्यक्रममा समापन मन्तव्य तथा धन्यबाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा विद्यार्थीहरुले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जीमन्यास्टिक तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिपक थापा, एआईजी मिरा चौधरी, नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, बरिष्ठ प्रहरी अधिकृतहरु, स्थानीय तहका जनप्रतिनिधिहरु लगायत अभिभावकहरु समेतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै