अभिनेता राजेश हमाल नारायणी नदी किनारको सरसफाइमा सहभागी -
Comments Add Comment

अभिनेता राजेश हमाल नारायणी नदी किनारको सरसफाइमा सहभागी

७ चैत , काठमाडौ । अभिनेता राजेश हमाल नवलपरासी पूर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाइमा सहभागी भएका छन् ।

सोमबार बिहान ७ बजेदेखी ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरेका हुन् ।

स्थानीयले आयोजना गरेको नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानिय जुटेका थिए । हमालले स्थानिय संस्था, व्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाइमा सक्रिय हुन आग्रह गरे ।

’आज हामीले एक दिन, केहिबेर सफाइ गरेर सँधैका लागि हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो ’ अभिनेता हमालले भने, ’यहाँ घुम्न आउने पर्यटकहरुले नै यी कुरा बुझ्नु जरुरी छ ।’ उनले झण्डै एक घण्टा आफैँले सफारी गाडी चलाएर त्यस क्षेत्रको अवलोकन समेत गरेका थिए ।

केहि दिन अगाडी मात्र अभिनेता हमालले काठमाडौँको फोहोर व्यवस्थापन लगायतका काममा जनप्रतिनिधि सक्रिय नदेखिएका भन्दै ’मेयर बन्नु पर्छ कि क्या हो रु’ भन्दै व्यंग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै