Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी “एसएसपी”अशोक सिंहद्धारा किर्तिपुरको महानगरीय प्रहरी वृत्त नया भवनको सिलान्यास सम्पन्न

२४ असोज , काठमाडौ । महानगरीय प्रहरी वृत्त किर्तिपुरको भवनको सिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

महानगरीय प्रहरी वृत्त किर्तिपुरको नया भवन महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी वरिष्ठ उपरिक्षक अशोक सिंहद्धारा भवनको शिलन्यास भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै महाशाखा प्रमुख एसएसपी सिंहले नागरिकको साथ सहयोग र मायाले नै प्रहरी अगाडि बढ्ने बताए । स्थानीयले गरेको यो सहयोग नागरिक प्रहरी सम्बन्धको एउटा गतिलो उदाहरण समेत भएको सिंहले बताए ।

उनले भने,”समाजमा प्रहरीले गरेको योगदान र माया स्वरूप हामीले भवन प्राप्त गर्दै छौ । समाज प्रति झन उतरदायी र समाज प्रति झन सशक्त रूपमा अगाडि वढ्न र नागरिकले गरेको माया सद्भावनाले ठुलो उत्प्रेरित गरेको छ ।” भवन निर्माणमा खटिने सवैलाई महाशाखा प्रमुख अशोक सिंहले धन्यवाद व्यक्त गरे ।

साथै उक्त कार्यक्रम पश्चात दक्षिणकाली नगरपालिका -९ स्थित नवनिर्मित अस्थाई प्रहरी विट हुमाने, भञ्ज्याङमा द नगर पालिका का मेयर मोहन बस्नेत समेतको उपस्थितीमा समुदघाटन कार्यक्रम सु-सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै