Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज

 

माघ १२ , काठमाण्डौ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ । केन्द्रीय तथ्याँक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो ।

प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या , विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । अहिले प्रारम्भिक मात्रै आउने  र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने उहाँले बताउनुभयो ।

विभागले भदौ  ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै