Comments Add Comment

Advertisment

SKIP THIS

नवौं राष्ट्रिय प्रतियोगितामा जुट्न खेलकुदमन्त्रीको निर्देशन

८ चैत , काठमाडौ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रशासनिक भवनको उद्घाटन गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको भवन उद्घाटन गर्दै उनले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिए । मन्त्रालयले कार्याविधि बनाएर प्रतियोगिता सञ्चालनको प्रक्रिया सुरु गरेको बताउँदै मन्त्री गहतराजले आगामी जेठको १५ गतेभित्रै प्रतियोगिता सम्पन्न गर्नेगरी युद्धस्तरमा तयारी थाल्न आग्रह गरेका छन् । जेठ १५ गतेसम्म राष्ट्रिय प्रतियोगिता सम्पन्न भए त्यसलगत्तै एसियन गेमको तयारीका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी युद्धस्तरको तयारीमा लाग्ने योजनामा रहेको उनले बताए ।

अदालतका कारण थुप्रै कठिनाईहरुको सामना गर्नुपरिरहेको तर्फ इंगित गर्दैै मन्त्री गहतराजले त्यसलाई चिरेर मन्त्रालय अघि बढ्न प्रतिबद्ध रहेको समेत प्रष्ट पारे । कर्मचारीहरुबाटै राखेपको नेतृत्व गर्ने अवस्था सृजना हुनु आफैँमा सकारात्मक पक्ष रहेकाले उक्त अवसरलाई पर्याप्त मात्रामा सदुपयोग गर्नसमेत उनले सुझाव दिए । आगामी दिनमा कर्मचारीहरुभित्रबाटै राखेपले नेतृत्व पाउने गरी ऐन संशोधनका लागि पहल भइरहेको समेत मन्त्री गहतराजले जानकारी दिए । “तपाईंहरुभित्रबाटै नेतृत्व छनोट हुनेगरी छलफल चलाएका छौं”, कर्मचारीहरुको हौसला बढाउँदै उनले भने, “कार्यकारी पदमा पुग्ने उद्देश्य राखेर निरन्तर काम गर्दै जानुहोस् ।” राज्यले खेललाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने गरेको मन्त्री गहतराजको गुनासो थियो ।

खेल क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । जनसम्बन्धको भरपर्दो माध्यमका रुपमा समेत रहेको खेल क्षेत्रको विकासमा राज्यले उचित ध्यान दिनुपर्ने बताउँदै मन्त्री गहतराजले आगामी आर्थिक वर्षमा खेल क्षेत्रको बजेट बढाउन प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग निरन्तर संवाद भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै