८ चैत , काठमाडौ । अभिनेत्री करिष्मा मानन्धरले आफू कुनै सौदाबाजीबिना नेकपा एमालेमा प्रवेश गरेको बताएकी छन् ।
मंगलबार काठमाडौँमा भएको कार्यक्रममा नेकपा एमालेमा प्रवेश गर्दै अभिनेत्री मानन्धरले आफू कुनै सौदावाजीबिना पार्टीमा प्रवेश गरेको बताएकी हुन् ।
उनले आफू नितान्त कार्यकर्ताका रूपमा एमालेमा आएको पनि बताइन् । एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको भन्दै मानन्धरले प्रतिपक्षमा रहे पनि देशहितमा पहिलो पार्टी भएकोसमेत बताइन् ।
कार्यक्रममा अध्यक्ष केपीशर्मा ओलीले अन्य दलका नेता तथा कार्यकर्तालाई पनि पार्टीमा प्रवेश गराएका थिए ।







