Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागमा वर्षाको सम्भावना

१२ चैत , काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली भएको छ।

प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानअुमान महाशाखाले जनाएको छ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १ तथा बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही सोही प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ । राति प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment