Comments Add Comment

Advertisment

SKIP THIS

नेप्सेमा आज ९५.४६ अंकले बढ्यो

११ बैशाख , काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ९५.४६ अंकले बढेर दुई हजार ४ सय २० दशमलब ९१ विन्दुमा पुगेको हो ।

आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आज नेप्सेमा दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १९३ कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि १० कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने २५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.८९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै