Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

१३ चैत , काठमाडौं । ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ ।

सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन् ।

गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती सवा २ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंह रहेका छन् ।

उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराती सवा १ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै