१४ चैत , काठमाडौ । महोत्तरी जिल्लाको औराही नगरपालिका १ स्थित बर्दिबास जलेश्वरबाट प्रहरीले औराही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय धीरजकुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय रमेशकुमार सहनीलाई श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए ।
एसपी कृष्ण पंगेनीका अनुसार ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकि औरही बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं. १ औरही स्थित बर्दिबास-जलेश्वर सडक खण्डमा ज.९ प. ८२४७ नं. को मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक महोत्तरीको औरही नगरपालिका वडा नं. २ बस्ने बर्ष २१ को धिरज कुमार यादबले काँधमा भिरेको कालो रंगको कपडाको झोला भित्र लुकाई छिपाई ल्याएको श्रोत नखुलेको रु. ५५,००,०००।- (पचपन्न लाख) तथा कागजातहरु फेला पारी बरामद गरी धिरज कुमार यादब र सोहि मोटरसाईकलमा पछाडी सवार बर्ष १८ को रमेश कुमार सहनीलाई प्रहरीले पक्राउ गरेको थियोे ।
बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वर पठाइएको पंगेनीले जानकारी दिए ।





