Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कने

१४ चैत , काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज (सोमबार) स्वदेश फर्कने भएको छ । थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आज फर्कन लागेको हो । नेपाली टोली साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपालले थाइल्याण्डमा भएको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको थियो । पहिलो खेल थाइल्याण्डसँग २-० गोल अन्तरले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा थाइल्याण्डको क्लब चिनाबुरीसँग पराजित भएको थियो । चिनाबुरीसँग नेपाल ३-१ गोल अन्तरले पराजित भएको हो ।

एएफसी एसिया कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै