Comments Add Comment

Advertisment

SKIP THIS

रुसमा सत्ता परिवर्तन गर्नु नेटोको उद्देश्य होइन : जर्मन चान्सलर सोल्ज

१४ चैत , काठमाडौं । युक्रेनमा मस्कोको आक्रमणका बाबजुद रूसमा शासन परिवर्तन गर्नु उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को उद्देश्य नरहेको जर्मनीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनलाई ‘सत्तामा रहन नसक्ने एक कसाई’ को संज्ञा दिएको एक दिनपछि जर्मन चान्सलर ओलाफ सोल्जको यो भनाइ आएको हो ।

‘रुसमा सत्ता परिवर्तन गर्नु नेटोको उद्देश्य होइन, न कि अमेरिकी राष्ट्रपतिको’, सोल्जले जर्मन सरकारी टेलिभिजन च्यानल एआरडीलाई भने ।

सोल्जले अगाडि थपे, ‘मैले ह्वाइट हाउसमा बाइडेसँग लामो छलफल गर्ने मौका पाएको छु । हामीले यी प्रश्नहरू पनि छलफल गरेका छौँ,’ उनले थपे ।

लोकतन्त्र, स्वतन्त्रता र न्यायको जताततै भविष्य हुने उनले बताए ।

युक्रेन हमलापछि रूसी राष्ट्रपति पुटिनलाई बाइडेनले ‘कसाई’ भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै