Comments Add Comment

Advertisment

SKIP THIS

शिक्षा क्षेत्रको विकासका लागि राजनीति भन्दा माथि उठेर सोच्नुपर्छ : प्रकाशमान सिंह

१४ चैत , काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले विकास हुन नसकेको बताएका छन्।

सोमबार काठमाडौँमा कन्या मन्दिर माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै नेता सिंहले शिक्षा क्षेत्रको विकासका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताए।

शिक्षा क्षेत्रको विकासका लागि नारा दिएर मात्र नपुग्ने भएकाले मौका पाउँदा काम गरेर देखाउनुपर्ने उनले बताए । नेता सिंहले संविधानमा उल्लेख आधारभूत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेको भन्दै यसमा सबैको ध्यान जानुपर्ने उल्लेख गरे ।

त्यस्तै उनले जनताको संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विद्यालयका कर्मचारी, शिक्षक लगायतलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment