११ पुष , काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका तीन जना उपप्रधानमन्त्रीले शपथ लिएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीको शपथ लिएका हुन् । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएका हुन् ।
एमाले उपाध्यक्ष पौडेल उपप्रधानमन्त्री र अर्थमन्त्री, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष उपप्रधानमन्त्री र भौतिक पूर्वधार तथा यातायात मन्त्री बनेका छन् । त्यस्तै रास्वपा सभापति लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् ।






