Comments Add Comment

Advertisment

SKIP THIS

१ हजार २८२ कोरोना संक्रमित थपिए : ७ जनाको मृत्यु

 

११ असोज ,काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ८१ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ४०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३०७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६ दशमलब २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment