Comments Add Comment

Advertisment

SKIP THIS

पाल्पामा मलामी चढेको गाडी दुर्घटना : ७ जनाको मृत्यु

१८ पुष ,काठमाडौ । पाल्पाको लघुवामा मलामी चढेको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

बिहान बुटवलबाट गुल्मीको रिडी शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

७ जना घाइतेलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको हार्थोक प्रहरी चौकी पाल्पाले जनाएको छ ।

३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट झरेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment