Comments Add Comment

Advertisment

SKIP THIS

पहिरोले पुरिँदा अछाममा ७ जनाको मृत्यु, १० बेपत्ता

१ असोज , काठमाडौँ । लगातारको वर्षापछिको पहिरोले पुरिएर अछाममा ७ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गरी कम्तीमा पाँच घर पहिरोले पुरेको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले जानकारी दिए।

तुर्माखाँदको वडा नम्बर ५ काडाचौरमा बिहान ४ बजे पहिरोले २ घर पुर्दा एकै परिवारका ९ जना बेपत्ता भएका छन् । तीमध्ये २ जनाको शव फेला परेको छ।

कमलबजार नगरपालिका ६ मा पहिरोले पुरिएका ४ जनाको शव निकालिएको छ भने बेपत्ता भएका तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ढकारी गाउँपालिका वार्ड न.६ सिमानेमा स्थानीय हर्क बहादुर बुढाको घर पहिरोले भत्किदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment