२३ असोज , काठमाडौ । नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ अधिकृत तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश प्रसाद खरेलले काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन् ।
खरेलले आइतबार निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता प्रकाशमान सिंह, नेकपा एमालेबाट किरण पौडेल, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, स्वतन्त्र पार्टीबाट पुकार बमलगायतले उम्मेदवारी दर्ता गरेका छन् ।







