Comments Add Comment

Advertisment

SKIP THIS

कमेडियन हिमेश पन्त, गायक संजय श्रेष्ठ र निर्माता रोज राणाले गरे उम्मेदवारी दर्ता

२३ असोज , काठमाडौ । कमेडी च्याम्पियन हिमेश पन्त र गायक संजय श्रेष्ठले पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

हिमेशले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरे । शनिबार मात्रै राप्रपा छाडेको घोषणा गरेका गायक श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

फिल्म निर्माता तथा अभिनेता रोज राणाले प्यूठान-१ ‘ख’बाट प्रदेश सभातर्फ उम्मेदवारी दर्ता गरेका छन् ।

गायक संजय श्रेष्ठ (बायाँ) र निर्माता रोज राणा उम्मेदवारी दर्तापछि । उम्मेदवारी दर्ता गर्ने दिन आइतबार अभिनेत्री रेखा थापा, निर्देशक मनोज पण्डित, कलाकार सिते बा र करण श्रेष्ठ क्रेजीले पनि उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment