Comments Add Comment

Advertisment

SKIP THIS

एमालेले अगाडि बढाएको सुकुम्बासी आयोगमा नयाँ सरकारले बन्चरो चलायो

१५ चैत , काठमाडौ । रुपन्देहीको तिलोत्तमा–२ शंकरनगर वनवाटिकामा निर्माण गरिएको भ्यु टावरको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

उनले एमाले पहिलो पटक सरकार २०५१ म पुगेपछि आफ्नो गाँउ आफै बनाउनु भन्ने अभियान सार्थक दिनको लागि ३ वर्षका अवधिमा आफूले धेरै काम गरेको दावी गर्दै भूमिहीन सुकुम्बासीहरूको काम अगाडि बढाए पनि नयाँ सरकारले आयोगलाई बन्चरो चलाएको आरोप लगाए ।

उनले भर्ने ‘हामीले सुकुम्बासी समस्या समाधान गर्न आयोग बनायौं । गरिबहरुलाई पुर्जा बाँड्ने आयोगमाथि गठबन्धन सरकारले पहिले बन्चरो चलायो ।’ उनले आफ्नो सरकार नबनेको भए भ्युटावरको सोच समेत नआउने दाबी गर्दै यसरी यो भ्युटावर राख्ने यहाँ लिफ्ट राख्ने सोच साधारणतया नआउने बताए । भ्युटावरले आम्दानीको श्रोत र रोजगारीको अवसर सिर्जना गरेको उनको भनाइ छ ।

उनल उत्तरका जिल्ला पनि दुर्गम भएका छैनन् दुर्गमलाई पनि सुगम बनाएको जिकिर गरे । उनले स्थानीय उत्पादन जोड दिदै भान्सामा समेत जैविक खानेकुराको आवस्यक रहेको बताए ।  शंकरनगर वन विहानर तथा अनुसन्धान केन्द्र र तिलोत्तमा नगरपालिकाको लगानीमा टावरको निर्माण भएको हो । प्राकृतिक निर्माण सेवा कम्पनीले कुल ११ करोड ४५ लाख ८१ हजार ३३२ रुपैयाँमा निर्माण सम्पन्न छ । १३४ फिट अग्लो ११ तले भ्यू टावरले ३ हजार ५९५ वर्गफिट क्षेत्रफल ओगटेको नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

उक्त टावरको पहिलो तलामा कार्यालय तथा विश्राम कक्ष, दोस्रो तलामा डिपार्टमेन्टल स्टोर, तेस्रो तलामा रेष्टुरेन्ट, ४ तलामा विभिन्न प्रयोजनका लागि ८ वटा कोठा रहेका छन् । टावरको १० औं तलामा दृश्यावलोकनका लागि टेलिस्कोप राखिएको छ । टावरको २०७४ चैत्र महिनामा ठेक्का सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै