Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस मकवानपुर कोषाध्यक्षमा होमनाथ गौतम मनोनीत

२१ चैत , कामठमाडौ । नेपाली कांग्रेस मकवानपुर कोषाध्यक्षमा होमनाथ गौतम मनोनीत भएका छन् । कांग्रेस मकवानपुरको बैठकले गौतमलाई जिल्ला कोषाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।

महाधिवेशन प्रतिनिधिमा पराजित गौतम जिल्ला सदस्यमा विजयी भएका थिए । बैठकले कार्यसम्पादन समिति, संसदीय बोर्ड र दुई वटा विभाग गठन गरेको छ ।

बैठकले युवा तथा खेलकुद र संगठन विभाग गठन गरेको हो । युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी अर्जुन तिवारी र संगठन विभागको जिम्मेवारी शैलेन्द्रराज बानियाँलाई दिइएको छ ।

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह लक्षित छलफल गरेको छ । सत्तारुढ दलको यसअघिको बैठकले जिल्लाको १० वटै पालिका र १०२ वटै वडामा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ । यसअघि बसेको बैठकले १० जनालाई जिल्ला सदस्य मनोनीत गरेपछि कांग्रेस मकवानपुरमा विवाद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै