Comments Add Comment

Advertisment

SKIP THIS

५० फिट गहिरो इनारमा खसेकी महिलाको प्रहरीद्वारा सकुसल उद्दार

सिन्धुपाल्चोक जिल्ला तातोपानी घर भई हाल काठमाण्डौ बूढानीलकण्ठ नगरपालीका वडा नं ३ मित्रचोक स्थित हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने बर्ष ४५ की पेमा शेर्पालाई ५० फिट गहिरो इनार भित्रबाट सकुसल उद्दार गर्ने प्रहरी सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए ।

पेमा शेर्पा हराई रहेको भन्ने सूचना प्रहरीलाई प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट प्रहरी निरीक्षक अनिल ठकुरीको कमाण्डमा ७ जना प्रहरी टोलीद्वारा खोज गर्ने क्रममा बूढानीलकण्ठ नगरपालीका वडा नं ३ मित्रचोक स्थित हरि श्रेष्ठको घरमा रहेको इनारभित्र अचेत अवस्था रहेको देखिए पश्चात प्रहरीले बिपद ब्यबस्थापन महाशाखा सामाखुशीमा उद्दारको लागि समन्वय गरेको थियो ।

बिपत ब्यबस्थापन महाशाखा सामाखुशीबाट प्रहरी निरीक्षकको कमाण्डामा १० जनाको प्रहरी टोलीद्वारा घटनास्थलबाट अन्दाजी ५० फिट गहिरो इनारमा खसेकी महिलाको बेलुका १८:३५ बजेको समयमा प्रहरी सकुशल उद्दार गरिएको थियो ।

प्रहरीले उद्दार गरेर महिलालाई उपचारको लागि जिल्ला काठमाण्डौ बुढानीलकण्ठ नगरपालिका वडा नं १३ स्थित करुणा अस्पतालमा उपचार भईरहेको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिए । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै