Comments Add Comment

दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित प्रहरीले ३ जनालाई पक्राउ

दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना ब्यक्तिहरु पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरी टोलीले चैत ३० गते दिउसो दुर्लभ बन्यजन्तुको छाला ओसार पसार भई रहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।

बिशेष प्रहरी टोलीद्वारा काठमाण्डौ गुर्जुधारा बस्ने डिठा थिङ तामाङको २३ वर्षीय छोरा अर्जुन थिङ, मकवानपुर थाहा नगरपालीका वडा नं १२ बस्ने छोटे वाइवाको छोरा २४ बर्षीय कालदेन वाइवा र खोटाङ साकेला गा.पा वडा नं ३ बस्ने महित सिंह तामाङको ४६ बर्षीय छोरा दिल बहादुर तामाङ लाई पक्राउ गरेको हो।

प्रहरीलाई शंका लागेपछि थिङले बोकेको नीलो रंगको Colour Life झोला खानतलासी गर्दा झोलाभित्र चितुवाको १ थान छाल फेला परेको काठमाण्डौ प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले जानकारी दिए। २ मिटर १० से.मी र चौडाई १ मिटर ३० से.मी भएको चितुवाको १ थान छाला प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका तीनजना ब्यक्तिहरुलाई बरामद चितुवाको छाला १ थान सहित आबश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय हात्तीसार काठमाण्डौ पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै