Comments Add Comment

Advertisment

SKIP THIS

एमालेले चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्ने

८ कार्तिक , काठमाडौँ । नेकपा एमालेले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको चुनावी अभियान सुदूरपश्चिमबाट थाल्ने भएको छ ।

कात्तिक १८ गते दार्चुलामा अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनी गर्ने एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले जानकारी दिए । ओलीले सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बोधन गरेर अभियान थालनी भएको घोषणा गर्नेछन् ।

ओलीले सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई पनि सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै