Comments Add Comment

खेलकुद मन्त्रीद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

२२ चैत , काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन्।

नेपालले सोमबार फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई दिएका थिए।

मन्त्री अथकले सामाजिक सञ्जालमार्फत बधाई दिँदै यस्तो लेख्नुभएको छ, “त्रि देशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हाँसिल गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै