Comments Add Comment

Advertisment

SKIP THIS

५० रुपैया जरिवाना नतिरेर २६ वर्षदेखि फरार ८ जना प्रतिवादी पक्राउ

२ भदौ , काठमाडौ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का निरञ्जन शर्मालाई आइतबार दिउँसो वीरगञ्ज बजारबाटै प्रहरीले पक्राउ गर्यो । वडा प्रहरी कार्यालय विर्ताबाट खटेको प्रहरी टोलीले शर्मालाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गर्दा शर्मा प्रहरीसँगै भनाभनमा उत्रिए । जब प्रहरीले पक्राउ गर्नाको कारण बतायो तब उनी अचम्मित मात्रै भएनन् जतिसुकै सानो सजाय भए पनि त्यसलाई छलेर हिँड्न नसकिने रहेछ भन्नेमा पुगे ।

शर्मालाई २६ वर्ष अगाडी भएको एउटा घटनामा अदालतले ५० रुपैयाँ जरिवाना तोकिएको मुद्धामा प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत पर्साले २०५३ साल साउन ३२ गते सरकारवादी रहेको जुवा मुद्धामा शर्मालाई ५० रुपैयाँ जरिवाना तोकेको थियो ।

तर उनी जरिवाना नतिरी फरार रहँदै आएका थिए । ५० रुपैयाँ तिर्नका लागि पनि प्रहरीले आफूलाई पक्राउ गर्ला र भन्नेमा थिए उनी । जरिवाना तोकेको २६ वर्ष वित्दासम्म वीरगञ्जमै विभिन्न काम गर्दै आएका थिए उनी ।

यो २६ वर्षको अन्तरमा कयौँ प्रहरी नेतृत्व फेरियो, कयौँ अदालतका न्यायाधिश फेरिए । यतिका वर्ष वित्दा पनि अदालतले गरेको त्यो फैसलाले आइतबार शर्मा पक्राउ पर्नबाट उम्किन सकेनन् ।

अदालतमा ५० रुपैयाँ जरिवाना बुझाएर उनी आइतबार नै छुटेका छन् । अदालतको फैसला कार्यान्वयन गराउन प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्दै अदालत बुझाउने गरेको छ ।

किर्तो जालसाजी मुद्धामा २०६९ साल भदौ १० गते २० रुपैयाँ जरिवाना तोकिएको वीरगञ्ज १ की पानवा मलिन, कुटपिट मुद्धामा २०६३ मंसिर २१ गते २५० रुपैयाँ जरिवाना तोकिएको सोही वार्डकै मदन पण्डित, सार्वजनिक अपराधको मुद्धामा २०७२ चैत २५ गते २ सय रुपैयाँ जरिवाना तोकिएको जावेद भन्ने बट्टु मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

वडा प्रहरी कार्यालय विर्ताले पछिल्लो एक महिनामा कर्तव्य ज्यान, जबरजस्ति करणी, बैकिंङ कसुर, चोरी लगायतका विभिन्न अपराधमा संलग्न फरार प्रतिवादीलाइ पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालत बुझाएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment