Comments Add Comment

Advertisment

SKIP THIS

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक

२२ चैत , काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यले क्रेडिट कार्ड सुरु गरेको छ । सोमबारबाट औपचारिक रूपमा क्रेडिट कार्ड सेवा सुचारु गरी क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बनेको हो ।

बैंकका अध्यक्ष सुदीप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रूपमा क्रेडिट कार्ड सेवाको उद्घाटन गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष आचार्यले विकास बैंकहरूका माझ नयाँ प्रोडक्टहरू ल्याई ग्राहकको चाहना र आवश्यकता पूरा गर्दै अगाडि बढेकाले कामना सेवा उत्कृष्टमध्ये एक विकास बैंक बनेको बताए ।

पोइन्ट अफ सेल मेसिनमार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्विकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम नेपाली एक हजार रुपैयाँ वा जम्मा डेबिट रकमको १० प्रतिशतसम्म झिक्न सकिने, कार्डबाट वस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम १५ देखि ४५ दिनसम्म ब्याज नलाग्ने बैंकले जनाएको छ । क्रेडिट कार्ड सीमा १५ हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै