Comments Add Comment

Advertisment

SKIP THIS

मन्त्री आलेलाई अनुरोध !

०४ असार , काठमाडौं । नेपाल उड्ड्यन प्राधीकरणका एकजना कर्मचारीसँगको टेलिफोन वार्ताको क्रममा समाजमा पाच्य नहुने खालका केही शब्दहरु बोलेकाले अहिले सामाजिक सन्जाललगाएत विभिन्न मिडियामा उनको ब्यापक आलोचना भइराखेको छ । हुनपनि जनताको प्रतिनिधिले को सँग कतिखेर के बोल्ने भन्ने कुराको ख्याल गरिएन भने आखिर आलिचना संहनुबाहेक अरु के हुन सक्छ र ? हुन त , विष सर्पको दाँतमा, झिंगाको मुखमा र बिच्छीको पुच्छरमा हुन्छ तर दुष्ट मानिसको शिरदेखि पैतालासम्म विषै विष हुन्छ । त्यसैले सवैले धैर्यता गुमाउनु हुंदैन । धनको लोभले विवेकलाई बन्धक बनाउनु हुँदैन ।

सर्प, बिच्छी र भ्यागुतोमा आ- आफै ठूला भएजस्तो राजनीतिक दलका नेताहरु पनि एकापसमा अप शब्दहरुको प्रक्षेपण गर्न थाल्ने हो भने गणतन्त्रको संस्थागत बिकासमा व्यबधान आउन सक्छ । यसो हेर्दा त सालीन ब्यक्तित्व, नाम पनि राम्रै छ ” प्रेम” तर बारम्बार किन आउँछन विवादमा ? माननीय मन्त्रीज्यू, तपाईं जनताको प्रतिनिधि हो र सरकारमा सामेल पनि हुनुहुन्छ ! सार्वजनिक पद धारण गरेका जुनसुकै ब्यक्तिहरुको पनि प्रत्येक पाइला पाइलामा जनताद्वारा निगरानी गरिन्छ ।

तसर्थ तपाईका ती प्रत्येक पटकका अभिब्यक्तिहरुले जनताको प्रतिनिधित्व गरेका छन र त तपाईले बोलेका ती अश्लिल शब्दहरुले हामीलाई लाज भैराखेको छ । तपाईं लुगा फुकालेर नांगै बस्दा के हामीले घुम्टो ओड्नुपर्ने ? के जनताको प्रतिनिधि भइसकेपछि जे गर्न नि छुट छ ? केपी ओलीको प्रधानमन्त्रीत्व कालमा सिन्धुपाल्चोकका तात्कालिन कानुनमन्त्री शेरबहादुर तामाङले छात्राहरुसँग सम्बन्धित केही शब्दहरु बोलेकाले नैतिकताको आधारमा राजिनामा दिए, गोकुल बास्कोटा, हरी पराजुली, पहिलाका अर्थमन्त्री महेश आचार्य आदिले विभिन्न कारणवस आफ्नो नैतिक धरातल बिर्सिन नसकेर राजिनामा दिए तर तपाईको नैतिकता के न्यायको तराजुले मात्र छुट्याउन सक्ने हो ? हो, नेपालका सवै कर्मचारीहरुले नुनको सोझो गर्दैनन ।

कुनै कर्मचारीले गल्ती गर्यो या आफुनूकुलको काम गरेन भन्दैमा यो समाजमा प्रयोग नहुने खालका अपाच्य शब्दहरु बोल्न पाइन्छ ? के तिनीहरुलाई कानुनी कठघरामा ल्याउन सकिँदैन ? त्यसैले मन्त्रीजस्तो गरिमामय पदमा बसेर जे पायो त्यही बोल्ने छुट छैन र अवदेखि यस्ता अपशब्द नबोल्नको लागी अनुरोधकासाथै अलिकति नैतिकता जीवितै छ भने राजिनामा दिन पनि अनुरोध !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै