Comments Add Comment

Advertisment

SKIP THIS

यातायात व्यवसायीसँग तनावपछि बालाजुका डीएसपीको जिम्मेवारी खोसियो

यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार सिर्जना भएको तनावपछि प्रहरी प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई जिम्मेवारीबाट हटाइएको छ ।

आन्दोलनका क्रममा बालाजु प्रहरी प्रमुख डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड भएको थियो ।

घटनापछि देखिएको आवश्यकता अनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन उपत्यका प्रहरी कार्यालयले विष्टलाई जिम्मेवारीबाट हटाएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले न्युज24ग्यालेक्सीलाई बताए । उनको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।

ट्राफिक प्रहरीले जरिवाना बढाएको भन्दै भएको प्रदर्शनले उग्र रुप लिँदा बसपार्क, माछापोखरी लगायतका क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । बसपार्कमा भिडले मोबाइल पसलमा छिरेर लुटपाट समेत गरेको थियो । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै