Comments Add Comment

लागूऔषध गाँजासहित पाँच जना होटेल सञ्चालक पक्राउ

२४ चैत , काठमाडौं । लागूऔषध गाँजासहित पाँच जना होटेल सञ्चालकहरूलाई धादिङबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरिका अनुसार गजुरी गाउँपालिका–२ बिहानी पम्पस्थित पृथ्वी राजमार्गमा पर्ने जयराम स्टाफ होटलका सञ्चालक सानी अधिकारी, गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको आयुष होटेलका सञ्चालक राज कुमार भन्ने होतराज सेढाई, सोही स्थामा रहेको हिरा होटेल एण्ड लजका सञ्चालक हिरामाया लम्साल, ठकुरी होटलका सञ्चालक बेद कुमार शाही र बेनिघाट रोराङ गाउँपालिका–३ करम खोलास्थित चिया नास्ता होटलका सञ्चालक खिलनाथ त्रिपाठीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले २५ किलो गाँजासमेत बरामद गरेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै