भीमफेदी दुर्घटना : घाइते २ जनाको मृत्यु -
Comments Add Comment

भीमफेदी दुर्घटना : घाइते २ जनाको मृत्यु

१६ जेठ , काठमाडौ । कार दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना हुँदा ५ जना घाइतेमध्ये एक बालिका र युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा बुधबार दिउँसो अनियन्त्रित भई कार दुर्घटना हुँदा ५ जना घाइते भएका थिए । घाइते मध्ये एक वर्षीया बालिका र ४० वर्षका युवकको अवस्था गम्भीर रहेको थियो । गम्भीर घाइते भएका बालिका र युवकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा६च ९३६९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो । कार सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

घाइते ५ जनामध्ये २ जना महिलाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ भने अर्का एक जनालाई अस्पताल ल्याउँदै गरिएको उनले बताए । इलाका प्रहरी कार्यालय भीमफेदीबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि हेटौंडा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै