२४ चैत , काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले दुईजना युवकलाई लागु औषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा घर भएका २३ वर्षीय साहिद राजा र सुनसरीको हडी गाउँपालिका–३ घर भएका २३ वर्षीय प्रमोद कुमार मेहता रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
बुधवार बाराबाट काठमाडौं आउँदै गरेको ना.७ ख ७१३२ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश–०३–००१ ख २३१४ नम्बरको बसमा उनीहरुले लागु औषध लिएर आएका थिए । आरोपीहरुको साथबाट २४ सय ५ ट्याब्लेट नाइट्राभेट, २ सय एम्पुल फेनारगन, २ सय एम्पुल डाइजेपाम र २ सय एम्पुल लुपिजेसिक बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।




