Comments Add Comment

Advertisment

SKIP THIS

गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त

२४ चैत , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद् गोविन्दप्रसाद शर्मा कोइराला ९गोविन्द बन्दी० लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् ।

मन्त्रीमा नियुक्त गरिएका बन्दीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने बुझिएको छ ।

प्रधानमन्त्री देउवाले गैरसांसद्लाई मन्त्री बनाएका हुन् ।

बन्दी गैरसांसद् रहेकाले उनले ६ महिनाभित्र संघीय संसदको सदस्य बनिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा अधिवक्ता बन्दीले विपक्षमा बहस गरेका थिए ।

बन्दीले एमसीसी पारित गर्न पनि भूमिका निर्वाह गरेका थिए ।

बन्दीलगायतको प्रयासमा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पारिएको थियो ।

बन्दी अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार कानुनका ज्ञाता हुन् । बन्दी नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै