Comments Add Comment

Advertisment

SKIP THIS

बैतडीमा तीन दलले जिल्ला स्तरीय संयन्त्र गठन

२४ चैत , काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्न बैतडीमा तीन दलले जिल्ला स्तरीय संयन्त्र गठन गरेका छन् ।

सत्ता साझेदार दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बिहीबार बसेको संयुक्त बैठकले स्थानीय तहहरूमा चुनावी तालमेल गर्न जिल्ला स्तरीय संयन्त्र गठन गरेको हाे ।

बैठकको निर्णयअनुसार गठबन्धनमा रहेका दलहरूको केन्द्रीय परिपत्र तथा निर्देशनअनुसार जिल्लामा गठबन्धनको प्रभावकारिता एवं छलफलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरिएको हो ।

संयन्त्रमा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक संकर भण्डारी र नेकपा (एस) का इन्चार्ज प्रमानन्द भट्ट रहेका छन् ।

यसैगरी, जिल्लामा रहेका १० ओटै स्थानीय तहमा गठबन्धनको केन्द्रीय सर्कुलरअनुसार निर्णय गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै