२६ चैत , काठमाडौं । स्थानीय चुनाव नजिकिंदै जांदा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु जनताको घर दैलोमा । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागू गरेको छ । सुदूरपश्चिम सरकारमा काङ्रेस पनि सामेल हुने भएपछि नेकपा समाजवादीमा ब्यापक असन्तुष्टि । आजको कान्तिपुरमा
” प्रश्नको घेरामा अथमन्त्री, छानबिनमा गभर्नर ” रास्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्रीको ठाडो आदेशमा निलम्बित गरिएको छ । सर्वत्र बिरोध !
” रास्ट्र बैंकका गभर्नरमाथि राजनीतिक नेतृत्वले हात हालेको यो बिरलै घटना हो ” चिरन्जीवी नेपाल पूर्व गभर्नर । ” अर्थमन्त्रीले आफ्नो कमजोरी लुकाउन गभर्नरलाई बलिको बोको बनाएका हुन, अहिलेको अवस्थामा खासमा मन्त्रीले नै राजिनामा दिनुपर्छ ” पूर्व गभर्नर तथा पू अर्थमन्त्री खतिवडा ।
उता कान्तिपुरमा अर्को हेडलाइन छ ” माओबादीमा दाहालतन्त्र ” बुहारी बिना सांसद तथा पूर्वमन्त्री, छोरी रेनु महानगरकी मेयर, कान्छी छोरी राज्यको सुबिधा पाउने गरी आफ्नै स्वकीय सचिब, भाइ नारायण दाहाल रास्ट्रीयसभाको सांसद, कान्छा जुवाई पनि केन्द्रीय सदस्य ।
त्यस्तै, माधवकुमारका जुवाई राजदुत, सम्धीका सांढुभाइ मन्त्री , पम्फा भुसालका आफन्त राजदुत, बिदेशी कुट्नीतिक नियोगमा नियुक्ति गर्दा भागबन्डामा गठबन्धनको भाग लगाउदा प्राय: सवै नेताका आफन्त परेका छन नै । के हरेक पार्टीमा योगदान दिने बुद्दिजीवी छैनन त्यो मापदन्डमा पर्ने ? तैपनि संधै आफ्ना नातागोता, इष्टमित्र देवता पित्रलाई मात्र लाभको पदको बिल्ला भिराउने यो परिपाटीको अन्त्य नभएपनि फेरि भोट यस्तैलाई दिने हो त ? आसन्न स्थानीय चुनावमा सोचेर बुझेर मात्र मतदान गरौं है ! अन्यथा यहि भागबन्डामा अल्झिएको घिनलाग्दो राजनीतिको जालोमा संधै बेरिनु पर्ला !
खिमराज गिरी


