Comments Add Comment

Advertisment

SKIP THIS

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्छ : सभामुख सापकोटा

२७ चैत , काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारणसभामा सभामुख सापकोटाले मुलकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकार र निजी क्षेत्रले बृहत् छलफल र संवाद गरेर समाधान गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय जीवनका हरेक क्षेत्रमा देखिएका हरेक समस्याहरूलाई पनि संवादमार्फत् समाधान गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै उनले आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाउनुपर्ने र आयात घटाउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा व्यवसायीहरूलाई सम्मानसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै