Comments Add Comment

Advertisment

SKIP THIS

भन्सार छली ल्याएको तेईस लाख बराबरको कपडासहित दुईजना पक्राउ

प्रहरीले भन्सार छली गरी ल्याएको आरोपमा कपडाका समानसहित काठमाडौंको असनबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ बाफल घर भई काठमाडौंको असन बस्‍ने ३८ वर्षीय निरज अग्रवाल र भारत घर भई काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्‍ने ३८ वर्षीय सन्दीप कुमार रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अनिलकुमार घिमिरेले बताएका छन् ।

डिएसपी घिमिरेका अनुसार महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ, महानगरीय प्रहरी बृत्त कालिमाटी र जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट २६ वटा विभिन्‍न रङ्गका सर्ट, पाइन्ट, जेन्स कर्ताका कपडाहरु बरामद गरेको छ ।

पक्राउ परेका दुईजनालाई बरामद सामान सहित त्रिभुवन अन्तरराष्ट्रीय बिमानस्थल गौचरणमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाएको कालिमाटी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै