Comments Add Comment

Advertisment

SKIP THIS

कोहलपुर प्रहरीले चोरी गर्दा गर्दै २ जना पक्राउ

(महेन्द्र सिंह )
जिल्ला जाजरकोट भेरी नगरपालीका वडा नं. ३ बस्ने बर्ष २० को बिमल शाही र जिल्ला रुकुम चौरजहारी नगरपालिका वडा नं. २ बस्ने बर्ष २० को सौगात के. सीलाई पक्राऊ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ऐन मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मंगलबार अन्दाजी बिहान ५:३० बजे कोहलपुर नगरपालीका वडा नं.११ स्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै रहेको प्रेम बहादुर टमटाले संचालन गरेको सिम्ताली होटलको ताल्चा फोडी रेडबुल लगायतका सर सामान चोरी गरी भागी गई दूर संचार रोडमा रहेको देबेन्द्र सुनारको सुन चाँदी पसलको ताला तोडफोड गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राऊ गरिएको हो । पक्राउ गरी उनीहरूमाथि आबश्यक अनुसन्धान कार्य भईरहेको रहेको डिएसपी मल्लले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै