Comments Add Comment

Advertisment

SKIP THIS

ओलखढुंगामा बोलेरो दुर्घटना , दुईजना प्रहरीको मृत्यु

३० चैत , काठमाडौं । ओलखढुंगाको हर्कपुरमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परेर दुईजना प्रहरीको मृत्यु भएको ओखलढुंगाका डिएसपी सुकदेव खनालले बताए ।

मृत्यु हुनेमा प्रहरी जवान मनिक राजवंशी र भूपेन्द्र कार्की छन् । बा.१७ च १०९४ नम्बरको बोलेरोमा ८ जना प्रहरी हतियार मर्मतका गर्न विराटनगर जाँदै थिए । हाइड्रोपावरको स्वामित्वको रहेको सो बोलेरोमा एकजना सर्वसाधारण चढेका थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्दार गरेर अस्पताल पठाउने तयारी भइरहेको डिएसपी खनालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै