Comments Add Comment

Advertisment

SKIP THIS

गठबन्धन र तालमेल हितकर छैन : महामन्त्री थापा

०१ बैशाख , काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताउनुभएको छ ।

नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदीय व्यवस्थामा दलहरूबीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताउनुभयो । गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहररुलाई पनि राम्रो नगर्ने उहाँको भनाई थियो । महामन्त्री थापाले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएकोसमेत बताउनुभयो । उहाँले स्थानीयस्तरमा राजनीतिक दलहरूबीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदैछैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु । मान्नुपर्छ । यो विषयमा बहस गर्नै पर्छ । स्थानीयस्तरमा पार्टीबीच कुरा मिले तालमेल हुन्छ । माथिबाट थोपरेर हुँदैन । त्यसलाई कसैले मान्दा पनि मान्दैन ।’

महामन्त्री थापाले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौं भन्दा हस्तक्षेप गर्न नुहुने र उनीहरूको कुरालाई सम्मान गर्नुपर्ने बताए । स्थानीय कमिटीले नै कोसँग मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘स्थानीय चुनावमा पनि स्थानीय साथीहरूले म कोसँग मिल्छु या मिल्दिन, मेरो मतदाताले के भन्छ भन्ने कुराको निर्णय गर्न पाएन भने र माथिबाट थोपर्दा सबै बिग्रिन्छ । तालमेल गर्ने नगर्ने कुरा तलको कमिटीले निर्णय गर्ने हो ।माथिबाट कसैले निर्णय गर्न मिल्दैन । त्यो स्थानीय चुनावको मर्मविपरीत हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै