Comments Add Comment

तीन सातापछि सुकेटार विमानस्थलमा उडान सुरु

०३ बैशाख , काठमाडौं । ताप्लेजुङको सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमले तीन सातापछि उडान सुरु गरेको छ । मौसम खुलेसँगै आज एकै दिनमा तीन उडान भर्न सफल निगम सफल भएको हो ।तीन साता अगाडि नै टिकेट बुक गरेको यात्रुहरु ताप्लेजुङ,काठमाडौं आउजाउँ भएको नेपाल वायु सेवा निगम ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए ।

प्रतिकुल मौसम तथा बाक्लो तुँवालो (हुस्सु) का कारण निरन्तर तीन साता सम्म उडान अवरुद्ध हुँदै आएको थियो । शुक्रबार, शनिबार र सोमबार गरि सातामा तीन उडान हुदै आएको छ । तर मौसमका कारण निरन्तर तीन साता उडान अवरुद्ध हुँदा आठ उडान रद्द गर्नु परेको थियो । हालको समय पर्यटकीय मौसम भएकाले यात्रुको अत्यधिक चाप रहेको निगमले जनाएको छ । यता यो मौसममा नियमित उडान नहुँदा यात्रु थप मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै