Comments Add Comment

Advertisment

SKIP THIS

ह्वील चियर बास्केटबल प्रतियोगिता सुरु

०३ बैशाख , काठमाडौं । चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्वील चियर बास्केटबल प्रतियोगिता सुरु भएको छ ।नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गरेका हुन् । सो क्रममा उनले काठमाडौं महानगरपालिकाको सहयोगमा चाँगुनारायण मन्दिरको पर्यटन विकासका लागि आएको सहयोगलाई मन्दिरसम्म पुग्न अपाङ्गमैत्री सडक निर्माण गर्न लागेको जानकारी गराए । उनले यस्ता प्रतियोगिताका लागि बजेट बन्नुभन्दा पहिले नै योजना ल्याउनसमेत आग्रह गरे ।

प्रतियोगितामा सात टिम पुरुष र चार टिम महिलाको सहभागिता रहेको छ । पहिलो खेलमा जाउलाखेल क्लबलाई त्रिभुवन आर्मी क्लबले २१, ३३ ले पराजित गरेको छ ।

अरु खेल जारी छन् । प्रतियोगिताको फाइनल पनि आजै हुने जनाइएको छ । उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र पनि दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै