Comments Add Comment

बर्दिया निकुञ्जमा बाघ हेर्न पर्यटक बढे

०५ बैशाख , काठमाडौं । अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ । विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताएका छन् । “यो मौसममा प्रायः पर्यटकको जङ्गली जनावर हेर्ने इच्छा पूरा हुन्छ”, चौधरीले भने।

बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्रमा घुम्ने तथा जङ्गल हिँड्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

“चालू आर्थिक वर्षको हालसम्म नौ हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्”, प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भनेका छन्, “जसमध्ये सात देशका पर्यटकले निकुञ्ज घुमेका छन् ।”

यहाँ आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ । कोभिड–१९ महामारीका कारण गत आर्थिक वर्षमा जम्मा आठ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । चालू आवको चैत महिनासम्म १० हजारभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका छन् । “यो सङ्ख्या हाम्रा लागि सुखद रहेको छ”, प्रमुख संरक्षण अधिकृतले भनेका छन्, “अहिले बाघ देखिने मौसम भएकाले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै