Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रेपलाञ्चोकमा चट्याङ लागेर किशोरीको मृत्यु

०७ बैशाख , काठमाडौं । काभ्रेपलाञ्चोक चट्याङ लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ ठूलोबासपुर केराबारी बस्ने १६ वर्षीया किशोरी कान्छि माया मोक्तानको चट्याङ लगेर मंगलबार साँझ मृत्यु भएको हो ।

आफ्नै घरमा अचानक परेको चट्याङ लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार नै मकवानपुरको राक्सिराङ गाउँपालिका–८ गोर्याङ बस्ने ६५ वर्षीय जित बहादुर गोलेको पनि चट्याङ लगेर मंगलबार साँझ मृत्यु भएको थियो ।

गत वर्ष २०३ वटा चट्याङका घटनामा परी ५६ जनाको मृत्यु भएको थियो भने १७९ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै