Comments Add Comment

Advertisment

SKIP THIS

चिनियाँ नागरिकको अपहरणमा न्यायाधीशको पीएसओ र घुमुवा प्रहरीको संलग्नता रहेको खुलासा

१९ साउन , काठमाडौं । एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको घटनामा पक्राउ पर्नेमध्ये दुई जना प्रहरीसमेत रहेको खुलेको छ। एक जना न्यायाधीशका पिएसओ (पर्सनल सेक्युरेटी अफिसर) र अर्का एक बालाजु वृत्तका घुमुवा प्रहरी रहेको खुलेको छ।

न्यायाधीशका पिएसओमा ३७ वर्षीय कर्णबहादुर गुरुङ हुन् भने अर्का घुमुवा प्रहरी भने शिव सुनार हुन्। बाँकी चार जना भने सर्वसाधारण नेपाली रहेको खुलेको छ। पक्राउ परेका बाँकी चार जनामा २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय बिशाल मगर र २७ वर्षीय बिनोद केसी छन्।

उनीहरुले बुधबार राति चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेका थिए। अपहरण गरी बन्धक बनाइएका चिनियाँ नागरिकको उद्धार गरिएको थियो।

अपहरणमा परेका चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइलसमेत लुटिएको प्रहरीले दाबी गरेको छ। अपहरणमा परेका चिनियाँ नागरिकसँग एक करोड फिरौतीसमेत माग गरिएको बुझिएको प्रहरीले स्रोतले जनाएको छ।

प्रहरीकै सहयोगमा भएको अपहरणमा प्रहरीकै पेस्तोलसमेत प्रयोग भएको पाइएको छ। पेस्तोल ताक्दै उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरेको खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै