२ चैत, काठमाडौं । नेपालगन्जको गणेशमान चोकमा बोइलर कुखुरा फालेर ब्यापारीहरु आन्दोलन गर्दै छन् ।

उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाएका कारण बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँले बताए ।
उनका अनुसार आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बाँकेलाई पटकपटक ध्यानाकर्षण गराउंदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको उनको भनाइ छ ।
उनले भारतबाट भित्रिने अबैध कुखुराका कारण नेपाली किसान पीडित बनेको बताए । सशस्त्र र नेपाल प्रहारीको सेटिङमा तस्करहरुले भारतबाट ज्युँदै कुखुरा र तयारी मासु नेपाल ल्याउने गरेका छ्न ।
जमुनाह साई गाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको किसानहरु गुनासो गर्छन् । नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई लाइन दिने कार्य नरोकिदा सम्म नेपाली किसानले यसैगरी मार खेपिरहन पर्ने छ आफ्नो पिडा सुनाए ।







