Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेनी सैनिक बेलायतमा तालिम लिँदै

०९ बैशाख , काठमाडौं । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका फौजले बेलायतमा तालिम शुरु गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार बेलायतले युक्रेनलाई गत महिना प्रदान गरेको गस्ती गर्ने सवारीका साथ युक्रेनी सैनिकहरूले बेलायतमा तालिम लिइरहेका छन् ।

‘यसको सही प्रयोग गर्नका लागि राम्रो तालिम लिनु बुद्धिमानी हुन्छ ।’ ती प्रवक्ताले भने, ‘हामी यो युद्ध अझ नचर्कियोस भन्नेमा सतर्क छौँ तर अहिले पुटिनको सत्ताका कदमहरू यसलाई अझ चर्काउने किसिमका छन् ।’

गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता बेलायतले युक्रेनलाई सहयोग गर्ने तत्परता देखाउँदै आएको रोयटर्सले जनाएको छ । बेलायतले केही समयअघि युक्रेनी फौजलाई ‘मस्टिफ’ सहितका १२० बख्तरबन्द गस्ती सवारी प्रदान गरेको थियो ।

यसबाहेक बेलायतले युक्रेनलाई ट्यांक भेदी, युद्धपोत भेदी र लडाकु विमान भेदी क्षेप्यास्त्र प्रणाली पनि सहयोग गरेको छ ।

युक्रेन सरकारका प्रतिनिधिमण्डलले केही समयअघि बेलायतको सलिसबरीको भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा प्रतिनिधिमण्डललाई सैनिक सामग्री देखाइएको थियो भने युक्रेनलाई अझ बढी सहायता कसरी गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको थियो ।

बेलायतले सन् २०१४ मा रुसले क्राइमिया प्रायद्वीपलाई आफ्नो मुलुकमा गाभेयता युक्रेनी फौजलाई तालिम दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै