दार्चुलामा डिउटीमा खटिएका प्रहरी हवल्दार ठगुन्नामाथि चक्कु प्रहार -
Comments Add Comment

दार्चुलामा डिउटीमा खटिएका प्रहरी हवल्दार ठगुन्नामाथि चक्कु प्रहार

दार्चुला । डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका-१ दहका उमेश कुवरले डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

श्रीमतीलाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि आक्रमणस्वरुप चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चक्कु प्रहार गरेर कुवर फरार भएका छन्। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै