१० असोज , काठमाडौ । काठमाडौ महानगरपालिका वडा न-१६ बाइसधारा नजिक दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काभ्रे जिल्ला रोशी गाउपालिका वडा न १ घर भई तार्केश्वर नगरपालिका नेपालटार बस्दै आएका बाग्मती प्रदेश ०२-०५१ प ५५१६ को २२० सिसिको पल्चर बाईक चालक दशराज परियार र सो बाईकमा सवार सुरज नेपाली रहेको मोटरसाइकलले विपरित दिशातर्फबाट आईरहेको बा ५४ प ५३८७ मोटरसाईकललाई ठक्कर दिदा तार्केश्वर नगरपालिका वडा न ३ घर भएका केदार ढकालको घटनास्थलमै मृत्यु भएको जानकारी बालाजु प्रहरी वृतले न्युज24ग्यालेक्सीलाई दिएको छ ।
मोटरसाइकल चालक दशराज परियार र बाईकमा सवार सुरज नेपाली सामान्य घाइते भएका छन् भन्ने मृत्यु भएको चालकको बाइकमा सवार रहेकी ढकालको छोरी बालाजु सिल्भर अस्पताल उपचार भईरहेको र उनको अवस्था सामान्य रहेको सिल्भर अस्पतालले जनाएको छ ।
केदार ढकालको शवलाई परीक्षणका लागि पठाईएको र मोटरसाइकल चालक दशराज परियारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।